कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
मोरङ – प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । झण्डै ३१ अर्बको स्रोत निश्चित भएकोले घाटा बजेट पेस गर्ने तयारी अनुसार योजनाहरु तयार भैसकेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।
आगामी वर्षको बजेटमा पुँजिगत तर्फ झण्डै ८० प्रतिशत र सामान्यतर्फ २० प्रतिशत बजेट विनियोजन गर्ने सरकारको तयारी छ । कुल बजेटको ४० प्रतिशत हिस्सा भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने गरी विनियोजन हुँदैछ । यो अंक बजेटको आकार अनुसार निकै ठूलो हो ।
खर्च गर्न आफ्नै संरचनाहरु नभएको र स्थानीय तहसँगको समन्वयमा रकम खर्च गर्नुपर्ने अवस्थामा बजेटको प्रभावकारी प्रयोगमा भने निकै चुनौती हुनसक्नेतर्फ पनि बजेटले ध्यान दिने बताइएको छ ।