म्याक्सवेलले भने - सन्दीप अत्यन्तै स्मार्ट बलर हुन्

 पुस ५, २०७५ बिहिबार २०:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग-आईपीएल मा आफूलाई प्रमाणित गरिसकेका नेपाली राष्ट्रिय टोलीका १८ वर्षे स्टार लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग ब्याश लिगमा क्षमता देखाउन तयार रहेका छन् ।

एकपछि अर्को व्यावसायिक लिगमा व्यस्त सन्दीपले बिग ब्याशमा विश्वस्तरका उत्कृष्ट ब्याट्सम्यानहरुको परीक्षा लिन तयार भएका छन् ।

सन्दीपले शुक्रबार क्यान्बेरामा सिड्नी थन्डर्सविरुद्ध मेलबर्न स्टार्सबाट डेब्यु गर्दैछन् । सन्दीपका विषयमा अष्ट्रेलियन क्रिकेट बोर्डले पनि निकै बखान गरेको छ ।

उसले भनेको छ – ‘हङकङमा भएको टी-२० ब्लिजमा माइकल क्लार्कले उनलाई प्रायोजन गरेर अस्ट्रेलिया बोलाएका थिए । सन्दीपका लागि वर्ष २०१८ निकै फलदायी बन्यो । यो वर्ष उनले विश्वमा खेलिने ठूला प्रतियोगिता एकपछि अर्को रूपमा खेले ।’

अघिल्लो वर्ष १३.८३ को औसतमा १८ विकेट लिएका एडिलेड स्ट्राइकर्सका सुपरस्टार रशिद खानजस्तै सन्दीपको उपस्थिति पनि बिग ब्याश लिगका लागि महत्वपूर्ण हुने म्याक्सवेलले बताए ।

उनले भने, ‘सन्दीप अहिले नै ठूलो स्टार भन्न मिल्दैन, तर उनले समयसँगै क्षमता निखार्दै लगेका छन्’ म्याक्सवेलले फक्सस्पोर्टसलाइ भनेका छन् – ‘उनी उमेरअनुसार अत्यन्तै स्मार्ट बलर हुन् । दिल्लीमा सँगै अभ्यास गर्दा मलाई उनको बल बुझ्न दुई हप्ता लागेको थियो । त्यसअघि मैले हरेक बल सिधा प्रहार गर्थें वा बोल्ड हुन्थेँ । उनी भविष्यका पक्का स्टार हुन् । आइपिएलमा खेलेका दुई खेलमा उनले आफ्नो उपस्थिति प्रमाणित गरेका थिए । त्यो बेला उनी पूर्ण रुपमा आत्मविश्वासी थिए ।’

शनिबार मेलबर्नमा सम्पन्न नेपाल फेस्टिभलमा सन्दीपले समर्थकलाई राम्रो व्यवहार नगरेको भन्दै अस्ट्रेलियामा बसोबास गर्ने केही नेपालीले सामाजिक सञ्जालमा उनको कडा आलोचना पनि गरेका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया