म्यानचेस्टर युनाइटेडका खेलाडीले फेरि फुटबलको मज्जा लिनेछन् : गुनर

 पुस ६, २०७५ शुक्रबार ६:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

जोजे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकका रुपमा वर्ल्ड ट्राफोर्डमा आएका म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक आले गुनरले मैदानमा खेलाडीले फेरि फुटबलको मज्जा लिने बताएका छन् ।

यो सिजन नराम्रो प्रदर्शन गरेका कारण निकै आलोचित बनेको म्यानचेस्टर युनाइटेडलाई पुरानो लयमा फर्काउन ठूलो चुनौतीका साथ आएका गुनरले क्लवका खेलाडीले फरि आफ्नो क्षमताले फुटबलमा मजा लिने बताए । ४५ वर्षीय नर्वेजियन पूर्व खेलाडी गुनरले खेलाडीले आफ्नो कलालाई प्रष्ट रुपमा बताउनु पर्ने र आफू कुन क्षेत्रमा बढि आत्मविश्वासी छु, त्यहि अनुसार खेलेमा खेलाडीले आनन्दले फुटबलको मज्जा लिने बताए ।

नयाँ सिजनमा क्लवमा ११ खेलाडी किन्दा चार सय मिलियन पाउण्ड खर्च गरेका मोउरिन्होले टिमलाई खासै राम्रो नतिजा नदिलाएपछि उनलाई बर्खास्त गरिएको थियो । जसका कारण यो सिजनको अन्तिमसम्ममा गुनरले टिमलाई सम्हाल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया