मछिन्द्र क्लबको पहिलो जित, सरस्वती युथ क्लबलाई ४–२ गोलले हरायो

 पुस ६, २०७५ शुक्रबार १३:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

पल्सर ए डिभिजन लिगको १० औं चरणमा आएर मछिन्द्र क्लबले जित निकालेको छ । शुक्रबार भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ४–२ गोलले हराएको छ ।

खेल सुरु भएको चौथो मिनेटमै आत्मघाती गोलले सरस्वतीले अग्रता बनाएको थियो । मछिन्द्रका सञ्जय राजबहाकले सरस्वतीका रमेश तामाङले हानेको बल क्लियर गर्न खोज्दा गोल भएको थियो । त्यसको १२  औं मिनेट नबित्दै मछिन्द्रले बराबरी गोल गर्यो । मछिन्द्रका लागि कप्तान विशाल राईले गोल गरे ।

खेलको २० औं मिनेटमा बसाडिया डाईमन्डीले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । त्यसको पाँच मिनेटमै अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–१ को अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फ्रान्सीस ओएमाले गोल गर्दै  सरस्वतीले मछिन्द्रलाई दवाव दियो । त्सपछि कुनै गोल हुन सकेन र पहिलो हाफ ३–२ गोलमा सकियो ।

दोस्रो हाफमा सरस्वतीले राम्रा मौकाहरु सिर्जना गरेको थियो । तर गोल गर्न भने असफल रह्यो ।  थपिएको ५ मिनेटको  इन्जुरी  समयको पहिलो मिनेटमैे मछिन्द्रले  ४–२ गोलको अन्तर बनायो । उसका लागि बिकाश राईले पेनाल्टी मार्फत गोल गरे ।  

जितसँगै मछिन्द्र क्लबको १० खेलबाट ६ अंक सहित लिगको ११औं स्थानमा उक्लेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया