बिग ब्याशमा सन्दीपकाे डेब्यु म्याच: ४ ओभर, ३६ रन, २ विकेट

 पुस ६, २०७५ शुक्रबार १५:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिग-बीबीएलमा नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो चार ओभरको स्पेल पूरा गरेका छन् ।

मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले चार ओभरमा दुई विकेट लिँदै ३६ रन दिए । आठौं ओभर लिएर बीबीएलमा डेब्यु गरेका सन्दिपले पहिलो ओभरमै दुई विकेट लिए । आफ्नो दोस्रो बलमा सन्दिपले विश्व प्रसिद्ध ब्याट्सम्यान शेन वाट्सनलाई निक लार्किनबाट क्याच आउट गराएका थिए । वाट्सनले १९ बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाएका थिए ।

त्यसै ओभरको अन्तिम बलमा सन्दिपले क्यालम फर्गुसनलाई पेभेलियनको बाटो देखाए । फर्गुसनलाई उनले कट एण्ड बोल्ड गरेका थिए ।

आफ्नो दोस्रो ओभरमा सन्दीपले जम्मा ६ रन दिए । यसअघिको ओभरमा उनले तीन रन दिएका थिए । तेस्रो ओभरमा सन्दीपले १३ रन दिए । तर अन्तिम ओभरमा सन्दीप निकै महँगो पर्न पुगे । 

उनको बलमा जेसन साङ्गाले दुई छक्कासहित १३ रन लिए भने अन्तिम बलमा डेनियल स्याम्सले एक रन लिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया