राजसंस्था ल्याउन भन्दै राप्रपाले जनसंघर्ष अभियान सञ्चालन गर्ने

 पुस ६, २०७५ शुक्रबार १६:३४:५९ | सुमन गुरुङ
unn.prixa.net

फाइल तस्बिर

कास्की – आगामी फागुन ७ गतेदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपूर्ण देशव्यापी जनसंघर्षको अभियान शुरु गर्ने जानकारी दिएको छ ।

हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीको मागसहित जनसंघर्षको अभियान शुरु गर्ने प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभयो । 
मिडिया नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा नागरिकको आस्था, विश्वास र पहिचानका लागि जनसंघर्ष गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुनै धर्म, सरकार एवं पार्टीकाविरुद्धमा नभई नागरिकको लागि हो ।’

देशको सामाजिक, सांस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दु राष्ट्रका पक्षमा झुकाव बढेको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएकोल सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

संघर्षको कार्यक्रमले सशक्त जनमत एवं जनदवाव सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया