ए डिभिजन लिग: एनआरटीकाे पहिलाे जित, जाउलाखेललाई दुई एकले हरायाे

 पुस ६, २०७५ शुक्रबार १७:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पल्सर शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले १० औं चरणमा आएर पहिलो जित निकालेको छ ।

शुक्रबार जाउलाखेलविरुद्धको खेलमा एनआरटी दुई एकले विजयी भएकाे हाे ।

सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा एनआरटीले जाउलाखेलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । लिगमा अहिलेसम्म खेलका नौ खेलमा ८ मा पराजित भएको एनआरटीले खेलको ३४ औं मिनेटमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी कोउसी जियनले गोल गरे ।

पहिलो हाफमा एक गोलले अगाडि रहेको एनआरटीले ५७ औं मिनेटमा अन्तर दुई शून्यमा पुर्यायो । यसपटक उसका लागि सुशील लामाले गोल गरे । उनको प्रहारले जाली चुम्दा जाउलाखेलका गोलकिपरले भेउ पाउन सकेनन् । तर त्यसको एक मिनेटपछि नै जाउलाखेलले खेल बराबरी गर्यो । उसका सुमन डंगोलले डिबक्स भित्रबाट गोल गरे ।

त्यसपछि जाउलाखेल खेलमा फर्कन सकेन र एनआरटीले पहिलो जित निकाल्यो । प्रतियोगितामा जाउलाखेलको छैटौ हार हो ।यता सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसँग दुई एक गोलले पराजित भयो ।

खेलको २७ औं मिनेटमा शेर्पाले गोहा प्याट्रिकको गोल मार्फत बनाएको अग्रता हिमालयन शेर्पाले जोगाउन सकेन ।  त्यसको एक मिनेटमा नै फोफाना इब्राहिमको पासमा संजोग महर्जनले फ्रेन्ड्सका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ८१ औं मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङ दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि शेर्पा १० खेलाडीमा झर्यो । तर त्यसको फाइदा फ्रेन्ड्सले लिन सकेन । जारी लिगमा रातो कार्ड पाउने आशिष चौथो खेलाडी हुन् ।

एक खेलाडी कम भएको फाइदा उठाउदै फ्रेन्ड्सले ८८ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि जीवन गुरुङले गोल गरे । हारपछि शेर्पाले नेपाल पुलिस क्लबलाई पछि पार्ने मौका गुमायो । उसको १० खेलमा १४ अंक छ भने फ्रेन्ड्सको ८ अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया