साप्ताहिक शेयर समीक्षा: वाणिज्य बैंक समूहकाे लाभांश र साधारणसभा घोषणा

 पुस ६, २०७५ शुक्रबार १९:२५:१३ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - यो हप्ता शेयरबजार निकै तात्यो । लगानीकर्ताको धर्ना रिले अनसन हुँदै आमरण अनसनमा बदलियो ।

आर्थिक वर्षको पहिलो अर्धवार्षिक समाप्त हुन १ महिना मात्र बाँकी रहँदा कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले लाभांश र लाभांश घोषणा गरेकाले साधारणसभाको घोषणा पनि गरे ।

आजसम्ममा २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । आर्थिक वर्ष २०७३-७४ को साधारणसभा गर्न गर्न बाँकी रहेको कुमारी बैंकले लाभांश घोषणा गरेको भए पनि कुन वर्षको भनेर खुलाएको छैन । यस हिसाबले अहिलेसम्म १९ वटाले मात्र लाभांश घोषणा गरेका छन् ।

सरकारी स्वामित्वको कृषि तथा नेपाल, लक्ष्मी, सेन्चुरी, प्रभु, सिभिल र नेपाल क्रेडिट एण्ड कमर्शले लाभांश घोषणा गर्न बाँकी रहेको छ । सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आर्थिक वर्ष २०७३-७४ साधारणसभा अझसम्म गरेका छैनन् ।

नेपाल बैंक आर्थिक वर्ष २०७४-७५ मा संचित घाटाबाट उत्रेको हुँदा लाभांश वितरण गर्न केन्द्रीय बैंकले स्वीकृति देला कि नदेला त्यसमा भर पर्छ । बिग्रेका किष्ट र ग्राण्ड बैंकलाई गाभेको प्रभु बैंक आर्थिक वर्ष २०७३-७४ मा संचित घाटाबाट उत्रिसकेको हुँदा आर्थिक वर्ष २०७४-७५ को नाफाबाट यसपटक लाभांश वितरणको ढोका खोल्न सक्ने सम्भावना रहेको छ ।

सिभिल बैंकले गएको आर्थिक वर्षको नै साधारणसभा गरेको छैन । त्यस्तै ४ वटा विकास बैंक गाभेको नेपाल क्रेडिट एण्ड कमर्शले पनि गएको वर्षदेखिको साधारणसभा गरेको छैन ।

सरकारले पूँजीबजार सम्बन्धमा अध्ययन गर्न केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले यसै हप्ता प्रतिवेदन बुझाएको छ ।

सरकारले प्रतिवेदन सार्वजनिक नगरे पनि अनौपचारिकरुपमा बाहिर आएको जानकारी अनुसार मार्जिन कर्जा र शेयर धितो कर्जालाई छुट्टाछुट्टै बनाउन, शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा ल्याउन, मार्जिन कारोबार शुरु गर्न, शेयर धितो मूल्यांकन ६५ प्रतिशत बनाउन, शेयर धितोमा प्रवाह हुने कर्जाको सिमा प्राथमिक पूँजीको २५ प्रतिशतबाट बढाएर ४० प्रतिशत बनाउन, हकप्रद र बोनस पश्चात मुल्य समायोजन हुँदा मार्जिन कल आउने समस्यालाई हटाउने लगायतका सुझाव दिइएको बताइएको छ ।

त्यस्तै प्रतिवेदनमा गैर-आवासीय नेपाली र वैदेशिक संस्थालाई पूँजीबजारमा ल्याउन र वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियामक निकायको व्यवस्था गर्न सुझाव दिइएको छ । 

एक महिनाभित्र पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयन गर्न, दलाल कमिसन घटाउन, पूँजीगत लाभकर घटाउन सुझाव दिएको बताइएको छ ।

नेप्सेमा रहेको नेपाल सरकार र नेपाल राष्ट्र बैंकको शेयर बिक्री गरी पुनर्संरचना गर्न, एक अर्ब चुक्ता पूँजी भएका कम्पनीहरु तत्काल पूँजीबजारमा ल्याउने व्यवस्था गर्ने सुझाव पनि प्रतिवेदनमा दिएको बताइएको छ ।

यस साता सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 

यस हप्ता आँखुखोला जलविद्युत कम्पनी को प्राथमिक शेयर सूचीकरण भइ कारोबार शुरु भएको छ ।

नयाँ शेयररहकप्रद

जारी भईरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

युनिभर्सल पावरको शेयरमा दोलखाका साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु, जुँगु, लामाबगर, ओरांग, बुलुंग, लादुक, चिलंखा, आलम्पु, बिगु, खोपाचागु, कालिन्चोक, बाबरे, लामिडाँडा, लापिलाङ, सुनखानी र सुद्रावतीका स्थानीय वासिन्दाले आवेदन गर्न पाउनेछन् ।

लाभांश घोषणा 

नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका छन् ्र कतिपय कम्पनीले साधारणसभा समेत सम्पन्न गरेका छन् ्र घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह 

विकास बैंक समूह 

लघुवित्त समूह 

वित्त, बीमा र दूरसञ्चार  

साधारणसभा  र बुक क्लोज 

कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभा समेत सुरु गर्न थालेका छन् । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

 

राजिनामा, निर्वाचन, नियुक्ति र मनोनयन 

युनिलिभर नेपाल लिमिटेडका स्वतन्त्र संचालक भरतबहादुर थापाले राजीनामा गरेका छन् ।

सिटिजन्स बैंकले गणेशराज पोखरेललाइ कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

नेशनल माइक्रोफ़ाइनान्समा संस्थापक तर्फबाट केशवप्रसाद आचार्य, रविन सिजापति र वरुण श्रेष्ठ (नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट), राजीव गिरी (कुमारी बैंकको तर्फबाट) निर्विरोध निर्वाचित भएका छन । केशवप्रसाद आचार्यलाई संचालक समितिको अध्यक्ष चयन गरिएको छ ।

लक्ष्मी लघुवित्तमा सर्वसाधारण शेयरधनीको तर्फबाट सविना उपाध्याय र गणेश भट्टराई निर्विरोध निर्वाचित भएका छन् । 

स्वावलम्वन लघुवित्तमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने बिजेन्द्र सुवालको सट्टा भाष्कर एन जोशी मनोनित भएका छन । बिजेन्द्र सुवालले कम्पनीको अध्यक्षता गरिरहेकोमा निज फिर्ता भएपछि रामकुमार श्रेष्ठलाई अध्यक्ष चयन गरिएको छ ।

अपि पावर कम्पनीका संचालक भरतबहादुर खत्रीले राजीनामा गरेका छन् । नेपाल बैंकमा सर्वसाधारणतर्फका संचालक सुरेन्द्रबहादुर सिंहको ४ वर्षे कार्यकाल समाप्त भएको छ । नेपाल इन्सुरेन्सका संचालक दुर्गाप्रसाद नेपाल र सागरसिंह साउदले राजीनामा गरेका छन् ।

अन्य गतिविधि 

धितोपत्र वोर्डले घलेम्दी हाइड्रो र युनिभर्सल पावर कम्पनीलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ । घलेम्दीले आमसर्वसाधारणलाई र युनिभर्सलले आयोजना क्षेत्रका स्थानीय बासिन्दालाई शेयर बिक्री गर्नेछन् । हिमालय उर्जा विकास कम्पनी , सान्जेन जलविद्युत, रसुवागढी हाइड्रोपावर र गणपति माइक्रोफ़ाइनान्सले शेयर जारी गर्न अनुमति मागेका छन् । 

सूर्य लाइफ इन्सुरेन्सलाई ७० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।

एसियन लाइफ इन्सुरेन्स, मेरो माइक्रोफ़ाइनान्सले हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

ग्लोबल बैंकले ग्लोबल बैंक १० दशमलव ५ प्रतिशत ऋणपत्र २०८० जारी गर्न अनुमति मागेको छ । ऋणपत्रको रकम १ अर्ब ५० करोड रहेको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया