ए डिभिजन लिग फुटबल : थ्री स्टार र  च्यासल, संकटा र ब्रिगेड ब्वाईजकाे खेल आज

 पुस ७, २०७५ शनिबार ८:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार २ वटा खेल हुँदैछ । दुवै खेल सशस्त्र प्रहरीको एपीएफ मैदान हलचोकमा हुने छ । बिहान ११ बजे हुने पहिलो खेलमा दुवै ललितपुरे क्लब थ्री स्टार र  च्यासल भिड्दै छन् । जारी प्रतियोगितामा थ्री स्टार ९ खेलमध्य ७ खेलमा जित र एक खेलमा बराबरी तथा एक खेलमा पराजित हुँदै २२ अंक जोडेको छ । 

तेस्रो स्थानमा रहेको थ्री स्टारभन्दा शीर्ष स्थानको मनाङको ५ अंक बढी भएकाले आजको खेलमा थ्री स्टार विजयी भए उपाधि होडमा आफूलाई पनि उभ्उने छ। 

नवौ चरणको खेलमा आर्मीसँग अन्तिम समयमा धैर्यता गुमाउँदा जितिसकेको गेम पनि बराबरी गर्दै अंक बाँड्न पुगेकाले आजको खेलमा जित्नै पर्ने बाध्यता रहेको छ । आजको खेलमा थ्री स्टार विजयी भए  कम्तिमा २ घन्टाका लागि भए पनि दोस्रो स्थानमा उक्लने छ ।

च्यासलले पनि जारी प्रतियोगितामा चार खेलमा जित र एक खेलमा बराबरी गर्दै १३ अंक जोडेको छ । 
जारी प्रतियोगितामा शीर्ष स्थानमा रहेका मनाङ र  संकटाले  च्यासलविरुद्ध कठीन जित निकालेकाले याे खेल रोेमाञ्चक हुने अपेक्षा गरिएको छ । 
 
शनिबार नै दिउँसो साढे २ बजे संकटा र ब्रिगेड ब्वाईज भिड्ने छन् । संकटाले अहिलेसम्म ९ मध्य ८ खेल जित्दै २४ अंकका साथ दोस्रो स्थानमा राख्दा ब्रिगेडले जारी लिगमा एउटा मात्रै जितको स्वाद चाखेको छ । 

याे खेलमा संकटा विजयी भए  शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने छ । अंक बराबरी गरे पनि संकटा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहँदा च्यास ब्रिगेड विजयीहुँदा पुछारबाट तेस्रो स्थानमा उक्लिने छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया