भगिमानसिंह स्मृति फुटबल : उपाधिका लागि इलाम र उदयपुर खेल्दै

 पुस ७, २०७५ शनिबार ८:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिकालागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुरबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । शुक्रबार भएका सेमिफाइनल खेलमा उदयपुरले पाँचथरलाई र इलामले झापालाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

उपाधिका लागि शनिबा बिहान ११ बजे इलाम र उदयपुरबीच खेल हुने आयोजक भगिमानसिंह स्मृति प्रतिष्ठानका प्रचार प्रसार संयोजक जुली सुब्बाले जानकारी दिनुभयो ।

सेमिफाइनलको पहिलो खेलमा उदयपुरले र पाँचथरलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । खेलमा उच्च प्रतिस्पर्धा भए पनि पाँचथरले राम्रा अवसरहरुमासमेत गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो । खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए ।

दोस्रो हाफमा पाँचथरकालागि गजिन राईले एक गोल फर्काएका थिए । निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । जितसँगै उदयपुर उपाधि नजिक पुगेको हो ।

सेमिफाइनलको अर्को खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको थियो । इलामका लागि मनिष राई र पासाङ शेर्पाले १–१ गोल गरे । जितसँगै इलामले उदयपुरसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा प्रदेश नंं. का १० जिल्लाका एक एक टिम सहभागी थिए । विजेताले नगद २ लाख ५ हजार र उपविजेताले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया