ए डिभिजन लिग: थ्रीस्टार च्यासलसँग बराबरीमा राेकियाे

 पुस ७, २०७५ शनिबार १३:४८:५८ | उज्यालो सहकर्मी

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब च्यासल युथ क्ल्बसँग बराबरीमा रोकिएको छ ।

बराबरीसँगै १ अंक जोडेको थ्रीस्टारले लिग तालिकामा २३ अंक पुर्याएको छ । शनिबारको बराबरीले थ्रीस्टारलाई उपाधि भिडन्तमा धक्का पुगेको छ ।  एपीएफ मैदानमा १९ औं मिनेटमा च्यासलका सन्तबहादुरले प्रहार गरेको बल बाहिर गएको थियो ।

२१ औं मिनेटमा थ्रीस्टारका अनिल गुरुङले पनि सुन्दर मौका खेर फालेका थिए । ५९औं मिनेटमा थ्रीस्टारको प्रहारलाई च्यासलको डिफेन्सलाइनले क्लियर गरेको थियो ।

दुवै हाफमा आक्रामक मुभ बनाए पनि गोल गर्न नसक्दा दुवै टिमले अंक बाँडेका थिए । बराबरीसँगै च्यासल तालिकामा १४ अंक सहित शेर्पालाई पछि पार्दै छैटौं स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया