बर्दिया महोत्सव : नमुना धरहरामा रमाउँदै पर्यटक

 पुस ७, २०७५ शनिबार १४:४३:१ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा पहिलो पटक प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव २०७५ हेर्न आउने पर्यटकको भीड बढेको छ ।

‘समृद्ध प्रदेश नम्बर ५ को प्रमुख आधार कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वधार’ भन्ने मुल नारासहित बर्दियाको सदरमुकाम गुलरियामा मंसिर २७ गतेबाट सुरु भएको महोत्सव हेर्न आउने पर्यटकहरुको दिनहुँ भीड बढिरहेको उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयो ।

बर्दियाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन क्षेत्रको प्रर्वद्धनमा सहयोग पुर्याउने, आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड दिने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ तथा प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सवका संयोजक वीरबहादुर चौधरीले बताउनुभयो ।

उद्योग बाणिज्य संघ गुलरियाले बिहीबार गुलरियामा पत्रकार सम्मेलन गर्दै व्यवसायिक प्रतिस्पर्धाको वातावरणको सृजना गराई लगानीका अवसरको सृजना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाएको छ । संघका अध्यक्ष चौधरीले  विभिन्न देशहरुमा उत्पादित बस्तु एवं सेवाहरुको बृहत प्रदर्शनी गरी प्रचारप्रसारमा सहयोग पुर्याउने मुख्य उद्धेश्य रहेको बताउनुभयो । 

बस्तु उत्पादनका प्रविधिको क्षेत्रमा नयाँ उपलब्धिहरुलाई जनमानसमा प्रस्तुत गर्ने, समग्र देशको विकासका लागि यस क्षेत्रको मौलिक कला, संस्कतिको जगेर्न गर्दै प्रवृद्र्धनमा सहयोग पुर्याउनेलगायतका लक्ष्य रहेको बताउनुभयो । मंसिर २७ गतेदेखि सुरु भएको महोत्सव पुस १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

झण्डै २ सय व्यापारीक स्टलहरु रहने महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने बताइएको छ । देशभित्र बाहिर उद्योगी एवंं व्यवसायीहरु, स्थानीय उपभोक्ताहरु, वित्तीय संघसंस्थाहरु, किसान, शिक्षक अनुसन्धानकर्तालगायत छिमिकी देशका उद्योगी, पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु भएको वाणिज्य संघले जनाएको छ । महोत्सवमा झण्डै ५ करोडको आर्थिक कारोबार गर्ने अनुमान रहेको बताइएको छ । 

महोत्सवमा प्रवेश शुल्क ६० रुपैयाँ तथा विद्यार्थीका लागि सहुलियतमा ४० रुपैयाँ रहेको छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया