६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

 पुस ७, २०७५ शनिबार १५:७:३२ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीमा ६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बोदे बसाइनले सप्तरीको बोदे बसाइन नगरपालिका–७, हैटी टोलका ३५ वर्षीया वरूण रामलाई पक्राउ गरेको हो । घरपरिवारका सदस्यहरु धान काट्न खेत गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगेर काखमा राखी वरुणले हस्तमैथुन गराइरहेको देखेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ परेका वरुणलाई बालयौन दुरूपयोग अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया