आर्सनलकाे सहज जित

 पुस ८, २०७५ आइतबार ७:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बिजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नलेमाथि ३–१ गोलको जित निकाल्दै प्रिमियर लिगको तालिकामा ३७ अंकसहित पाचौं स्थानमा रहेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनल सुरुदेखि बर्नलेमाथि हावी भएको थियो । आर्सनलको जितमा पेरर इमरिकले २ तथा एलेक्स इवोबीले एक गोल गरेका थिए । बर्नलेका लागि एस्ले वार्नेसले एक गोल फर्काएका थिए ।

१४औं मिनेटमा आर्सनलका पेरर इमरिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । सिड कोलासेनको पासमा इमरिकले सान्दार गोल गरेका थिए । पहिलो हाफमा १ गोलेको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल खाएको थियो । 

४८ औं मिनेटमा इमिरकले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले अग्रता दोब्बर बनाएको थियो । दोस्रो गोल एलेक्जेन्डर लाकाटेजीको पासमा गरेका थिए ।

६८ औं मिनेटमा केभिन लङको पासमा एस्ले वार्नेसले बर्नलेका लागि एक गोल गरेका थिए । उनको गोलले खेल २–१ मा आएको थियो । तर दोस्रो हाफको अतिरिक्त समयमा एलेक्स इबोबीले गोल गर्दै अन्ततः आर्सनललाई ३–१ को जित दिलाउन सफल भए ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया