माेरिन्हाेकाे बर्खास्तीपछि सोल्सजरकाे डेब्यू खेलमा युनाइटेडकाे फराकिलाे जित

 पुस ८, २०७५ आइतबार ८:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ओले गुनर सोल्सजरको डेब्यू खेलमा म्यानचेस्टर युनाइटेडले कार्डिफ सिटीलाई ५–१ ले हराएको छ । प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै सोल्सजरलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको युनाइटेडले लामो समयपछि यति फराकिलो जित निकालेको हो । 

प्रिमियर लिगमा सर एलेक्स फर्गुसनको सन्यासपछि युनाइटेडले अहिलेसम्म एउटै खेलमा पाँच गोल हान्न सकेको थिएन । सोल्सजरको डेब्यूलाई भब्य बनाउनका लागि जेसे लिंगार्टले दुई गोल गरे भने मार्कस राफडोर्ड, एन्डर हरेरा र एन्थोनी मार्सियलले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै रासफोर्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।  २९औं मिनेटमा एन्डर हरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

३८औं मिनेटमा कार्डिफ सिटीले पेनाल्टी पायो । रासफोर्डले डिबक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई भिक्टर क्यामरासाले गोल गर्दै युनाइटेडको अग्रता २–१ मा  छोट्याए । तीन मिनेटपछि नै मार्सियलले युनाइटेडका लागि तेस्रो गोल गरे । उनले जेसे लिंगार्टको पासमा गोल गरेका थिए ।

५७औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो । त्यसलाई लिंगार्टले गोल गर्दै युनाइटेडको अग्रता ४–१ मा लम्ब्याए । ९०औं मिनेटमा लिंगार्टले ब्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ५–१ को फराकिलो जित निकालेको थियो ।  जितसँगै युनाइटेड २९ अंक बनाउँदै छैटौं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया