ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु

 पुस ८, २०७५ आइतबार ९:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।  दिक्तेलबजारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा दुर्घटना भएको हाे ।

दुर्घटनामा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको ज्यान गएको हो ।

लुईटेल र राईको घटनास्थलमै तथा भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आइतबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका निर्मलीडाँडाका २१ वर्षीय दुर्गाबहादुर लुईटेलको अवस्था चिन्ताजनक छ । उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया