संघीय विधान जारी गर्दै कांग्रेस महासमिति बैठक सम्पन्न

 पुस ८, २०७५ आइतबार १८:५६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली कांग्रेसको नाै दिनदेखी जारी पार्टीको महासमिति बैठक संघीय विधान जारी गर्दै आइतबार साँझ सम्पन्न भएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठक सम्पन्न भएकाे जानकारी दिनुभयाे । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा सम्पन्न बैठकले पार्टीको विधानसहित ५ वटा प्रतिवेदन पारित गरेसँगै बैठक सम्पन्न भएकाे हाे । सदस्यहरुले हिजो मात्रै सहमति जुटेको विधान सम्बन्धि प्रतिवेदनमाथिको छलफल सकिएलगत्तै राजनीतिक, आर्थिक, सांगठनिक, पार्टीका आन्तरिक आय-व्यय विवरणसहितको प्रस्ताव र पार्टीको आर्थिक नीतिसम्बन्धी प्रतिवेदन बैठकबाट पारित गरेकाे पनि प्रवक्ता शर्माले बताउनु भयो ।

पारित भएकाे कांग्रेसकाे विधानमा १४ सदस्यीय पदाधिकारीकाे व्यवस्था गरिएकाे छ । त्यसमा कोषाध्यक्षबाहेक अन्य सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था राखिएकाे पनि प्रवक्ता शर्माले बताउनु भयो ।

विधानले सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठजना सह-महामन्त्री रहने व्यवस्था गरेकाे छ । प्रवक्ता शर्माका अनुसार अबकाे महाधिवेशनबाट विधान कार्यान्वयनमा जानेछ । 

चार दिनमै बैठक सकिने कार्यतालिका रहेकाे भए पनि विधान मस्यौदामा सहमति जुट्न ढिलाई हुँदा काँग्रेस महासमिति बैठक लम्बिएर नवाैँ दिनमा पुगेकाे हाे ।  

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया