भारतद्वारा “अग्नी—चौथो” को परीक्षण

 पुस ९, २०७५ सोमबार ७:८:९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । अग्नी–चार नाम दिइएको यो क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ । 

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो । आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ । 

भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया