इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
भारत प्रशासित कश्मीरमा बिहीबार मारिएका एक जना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ ।

राइजिङ कश्मीरका सम्पादक रहेका पत्रकार शुजात बुखारीको बिहीबार साँझ श्रीनगरमै गोली हानी हत्या गरिएको थियो । कार्यालयबाट घर गइरहेको समयमा उनको गोली हानी हत्या भएको थियो ।

उनको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए ।

शुजात कश्मीरमा शान्तिका लागि पहल गर्ने व्यक्ति थिए । तर अतिवादीहरुले उनको भूमिकाको आलोचना गर्ने गर्दथे ।

उनलाई विगतमा पनि पटक–पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उनलाई राज्य सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो ।
उनको हत्याको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् ।