पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफलाई भष्ट्राचारको मुद्दामा फेरि जेल पठाइयो

 पुस ९, २०७५ सोमबार १७:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भष्ट्राचारको मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ ।

अकाउण्टिबिलिटि कोर्टले सोमबार अल अजिजा मुद्दामा दोषी ठहर गर्दै सात वर्षको जेल सजाय तोकेको हो । उनलाई ध्वजाबाहक पानीजहाज खरीद प्रकृयामा भने सफाइ दिइएको छ ।

अल अजिजा मुद्दामा शरीफलाई २५ मिलियन डलरको जरिवाना पनि सुनाइएको छ । सन् २०१७ मा शरीफ पानामा पेपर काण्डमा मुछिएका थिए । नवाज शरीफ र उनका छोरा हुसान र हसान अलअजिजा, ध्वजाबाहक पानीजहाजको लगानी र पानामा पेपर काण्डका मुद्दामा दोषी देखिएका थिए भने शरीफकी छोरी मार्याम र ज्वाई सफदार लण्डनमा फ्ल्याट किनेको विषयमा दोषी देखिएका थिए ।

गएको जुलाई ६ मा लण्डनमा फ्ल्याट किनेको श्रोत नखुलाएको आरोपमा अकाण्टिबिलिटि कोर्टले शरीफ र उनका ज्वाई–छोरीलाई  जेल सजाय तोकेको थियो ।  उनीहरुलाई स्लामावाद हाइ कोर्टले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनी जेलमा भएको बेला शरीफको पार्टीले चुनावमा पनि हार बेहोर्नुपरेको थियो । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले प्रधानमन्त्री पद जित्न सफल भएका थिए । शरीफले आफूलाई राजनीतिक रुपमा फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

तर अकाण्टिबिलिटि कोर्टले साउदी अरेबियामा भएको अल अजिया स्टिल  मिलको स्वामित्वबारेको आर्थिक स्रोत पारदर्शी नभएमा शरीफलाई दोषी ठहर गरेको छ ।

याे पनि पढ्नुहाेस

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र छोरी मरियम शरीफलाई रिहा गर्न अदालतको आदेश

दिवंगत पत्नीको अन्त्येष्टिका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ रिहा

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया