मोहम्मद सलाहबिना नै उत्रियो उरुग्वेविरुद्ध इजिप्ट

 असार १, २०७५ शुक्रबार १८:२४:२२ | एजेन्सी

विश्वकप फुटबल २०१८ को अाफ्नाे पहिलो खेलमा इजिप्ट स्टार खेलाडी मोहम्मद सलाहबिना नै उत्रिएको छ । 

लिभरपुलका खेलाडी सलाह च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडका कप्तान सर्जियो रामोससँग ठोक्किँदा घाइते भएका थिए । त्यसयता नै उनी विश्वकपमा खेल्ने नखेल्ने विषयमा आशंका रहँदै आएको थियो ।
 

तर बिहीबार इजिप्टका प्रशिक्षक हेक्टर कुपरले सलाह शत प्रतिशत फिट भएको र उरुग्वेविरुद्धको खेलमा उत्रने बताएका थिए । तर सलाह आजको खेलमा सुरुवाति ११ मा पर्न सकेका छैनन् । उनी अझै पनि पूर्ण रुपमा निको नभएको र टिमको मनोबल बढाउनकै लागि भए पनि बेञ्चमा बसेको बताइएको छ । 

खेलको पहिलो हाफ चलिरहँदा कुनै पनि टिमबाट गोल हुन सकेको छैन । उरुग्वेका स्टार खेलाडी लुइस स्वारेज र काभानीलेसुनौलो मौका पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया