अन्तर्राष्ट्रिय कल सुविधा लिन अब टेलिकमको कार्यालय धाउनु नपर्ने

 असार १, २०७५ शुक्रबार १९:१२:३९ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल टेलिकमले आजदेखि जीएसएम र सीडीएमए पोष्टपेड सिमका प्रयोगकर्तालाई आफ्नै मोबाइलबाट अन्तर्राष्ट्रिय फोन गर्ने सुविधा उपलब्ध गराएको छ । 

यसअघि नजिकका टेलिकम कार्यालयमा सम्पर्क राखेपछि मात्रै यो सुविधा पाइन्थ्यो । तर टेलिकमले आजदेखि टेलिकमका जुनसुकै उपभोक्ताले आफ्नै मोबाइलमा पिन नम्बर हानेर सस्तो रुपमा अन्तराष्ट्रिय फोन गर्न सक्ने सुविधा उपलब्ध गराएको हो । 

यसका लागि जीएसएम मोबाइलका प्रयोगकर्ताले चार वटा शून्य र सीडीएमए प्रयोगकर्ताले १२३४ डिफल्ट पिन नम्बर राख्नुपर्नेछ । त्यसपछि ह्यास ३३१ स्टार आफ्नो पिन नम्बर ह्यस डायल गरेर सस्तोमा अन्तराष्ट्रिय फोन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया