मेक्सीकोमा हेलिकोप्टर दुर्घटना हुँदा गभर्नरसहित ५ जनाको मृत्यु

 पुस १०, २०७५ मंगलबार १३:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

मेक्सीकोमा हेलिकोप्टर दुर्घटना हुँदा पुयब्ला राज्यका गभर्नरसहित ५ जनाको ज्यान गएको छ । गभर्नर मार्था इरिका अलोन्सो र उहाँका श्रीमान राफेल मोरिनो भल्लासहित ५ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

पुयब्लाको पहिलो महिला गभर्नर मार्थाले कार्यभार सम्हालेको १० दिनमात्र भएको थियो । संघीय सांसदसमेत रहेका मार्थाका श्रीमान राफेलले पुयब्लामा सन् २०११ देखि २०१७ सम्म गभर्नरको रुपमा काम गर्नुभएको थियो । उहाँलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया