स्थानीय तहका कर्मचारीको काठमाडौंमा विरोध प्रर्दशन

 पुस १०, २०७५ मंगलबार १५:७:५ | उज्यालो सहकर्मी

काठमाडौं – ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा र्‍यालीसहितको प्रर्दशन गरेका छन ।

देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा भेला भई सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका हुन । काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको र्‍याली काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै स्थानीय तह कर्मचारी संघ, नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले निजामती कर्मचारीहरुलाई भन्दा कम सेवा र सुविधा दिने गरी जारी गरिएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विभेदकारी अध्यादेशविरुद्ध आन्दोलन गर्नु परेको स्पष्ट पार्नुभयो । उहाँले सो विधेयक तत्काल नसच्याए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।

स्थानीय तहका कर्मचारीहरुले स्थानीय तहमा कार्यरत ज्यालादारी, करारमा रहेका कर्मचारीहरुलाई प्रक्रिया पु¥याएर स्थायी गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन । उनीहरुले निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था नगरेसम्म कर्मचारी समायोजना अध्यादेश मान्य नहुने स्पष्ट पार्दै एक हप्तायता कामकाज नै प्रभावित हुने गरी आन्दोलन सुरु गरेका हुन ।

स्थानीय तहमा झण्डै २० हजारभन्दा बढी कर्मचारीहरु रहेका छन । उनीहरुको हितप्रतिकूल हुने गरी सो अध्यादेश ल्याएको भन्दै स्थानीय तहका कर्मचारीहरु सरकारप्रति आक्रोशित भएका छन । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया