कर्णाली प्रदेशले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने

 असार १, २०७५ शुक्रबार १९:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । 

आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेको छ । 

सरकारले  ‘मनमोहन ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गर्नेछ । यस्तै ज्येष्ठ नागरिकका लागि देश दर्शन कार्यक्रम सञ्चालन गरिने, आवश्यक स्थानमा वृद्धाश्रम लगायतका कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि एक करोड ५० लाख बजेट छुट्टाएको छ ।

सडक यातायातको पहुँचबाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपंगता भएका व्यक्तिहरुलाई हवाई यातायात सहयोग पुर्‍याउन तोकिएको भाडादरमा एक हजार अनुदान दिने पनि आर्थिक मामिला तथा योेजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।  


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया