अपहरणमा परेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा पाँचको मृत्यु, २१ घाइते

 पुस १०, २०७५ मंगलबार १७:५४:२ | रासस
unn.prixa.net

चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।

घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समय अनुसार दिउसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सीजीटीएनले जनाएको छ ।

अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले उल्लेख गरेको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेको बताइएको छ ।घटनाबारे एएफपीले ‘लङग्यान पब्लिक सेकुरिटी ब्युरो’ लाई प्रतिक्रियाका लागि अनुरोध गरेपनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको छ ।

चीनमा यो वर्ष यस खालका धेरै घटना भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया