अन्तिम मिनेटमा नाटकीय गोल गर्दै उरुग्वेको विजयी सुरुवात

 असार १, २०७५ शुक्रबार १९:५१:५२ | उज्यालो सहकर्मी

विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो । 

उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । उरुग्वेले थुप्रै पटक गोल गर्ने अवसर सिर्जना गरे पनि इजिप्टका रक्षक बाधक बनेका थिए । इजिप्टले सम्हालिएकाे खेल खेले पनि अन्तिममा गाेल खान पुगेकाे थियाे । बार्सिलाेना स्टार स्वारेजले थुप्रै माैका पाए पनि गाेल गर्न चुकेका थिए । तर एथलेटिकाे मड्रिड स्टार गिमिनेजले गाेल गर्दै उरुग्वेकाे जित सुनिश्चित गरे ।

खेलको ७३ औँ मिनेटमा स्टार खेलाडी लुइस स्वारेजले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने चोटका कारण आजको खेलमा बेञ्चमै बसेका थिए । 

समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

2 Comments

  • Satish

    June 15, 2018, 8:12 p.m.

    Heading alik melayara lekhnu hola kasari nakeky vayo hou testo ramro goal vy rahako 6😎😎😎😎

  •  0 Reply
  • Satish

    June 15, 2018, 8:12 p.m.

    Heading alik melayara lekhnu hola kasari nakeky vayo hou testo ramro goal vy rahako 6😎😎😎😎

  •  0 Reply

तपाईको प्रतिक्रिया