अहिल्यै सरकारको मूल्याङ्कन गर्ने समय भएको छैन : मन्त्री बस्नेत

 पुस ११, २०७५ बुधबार १३:८:० | मुना हमाल
unn.prixa.net

सुर्खेत – वन तथा वातावणमन्त्री शक्ति बस्नेतले अहिल्यै सरकारको मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ ।

अहिले सरकार प्रारम्भीक चरणमा रहेकाले सरकारप्रति विभिन्न टिकाटिप्णी भए पनि एक वर्ष नपुग्ने बेलासम्म सरकारको मूल्याङ्कन गर्ने समय नआएको बताउनुभयो । बुधबार गृह जिल्ला जाजरकोट महोत्सव उद्घाटन गर्न जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकारले घोषणा गरेका कुरा पूरा गर्ने गरी काम सुरु गरेको बताउनुभयो ।

‘सबैभन्दा पहिले सरकारले  कानुन सुधार गर्नमा प्राथमिकता दियो । अब हामीले गरेका बाचा पुरा गर्ने गरी काम गछौँ । अब परिणाम आउँछ’, उहाँले भन्नुभयो, ‘पाँच वर्षको म्याण्डेड पाएको सरकारको अहिले नै मूल्याङ्कन गर्ने समय भइसकेको छैन् ।’ उहाँले कर्मचारी समायोजना अब छिट्टै सकिने पनि बताउनुभयो । 

फरक प्रसंगमा सुर्खेतका बाढी पीडितहरुको पुर्नस्र्थापनाका लागि प्रक्रिया सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । ‘बाढी पीडितहरुको समस्या समधानका लागि हामी गम्भीर छौँ । अहिले जग्गाको खोजि भइरहेको छ’, उहाँले भन्नभयो, ‘उहाँहरुको समस्या हामी छिट्टै समान गछौँ ।’

चार वर्षसम्म पनि बाढी पीडितहरुको समस्या समधान नभएको भन्दै उहाँले अब प्रदेश सरकार, स्थानीय सरकारहरुसँग समन्वय गरेर छिट्टै पुर्नस्र्थापना गर्ने बताउनुभयो । सबै प्रदेशमा विपद्का बेलामा तत्काल राहत र उद्धारका लागि एउटा हेलिकप्टर स्ट्याण्डबाई राख्नका लागि छलफल भइरहेको पनि बताउनुभएको छ ।

दुर्गम ठाउँमा राहत र उद्धारमा समस्या हुने भएकाले यस विषयमा छलफल भइरहेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया