‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति पूर्व प्रमुख आयुक्तहरुको असन्तुष्टि

 पुस ११, २०७५ बुधबार १४:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको प्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति असहमति जनाएका छन ।

निर्वाचन आयोगले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्र्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उपे्रती र पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले असहमति जनाउनु भएको हो ।

सो प्रस्तावमा निर्वाचन विवाद समाधानका लागि प्रमुख निर्वाचन आयुक्तकै अध्यक्षमा समिति बनाउने प्रस्ताव गरिएको छ । त्यसप्रति पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतिको आपत्ति छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतिले निर्वाचन सम्पन्न गराउने प्रमुख दायित्व बोकेको व्यक्ति प्रमुख निर्वाचन आयुक्तलाई नै निर्वाचन विवाद समाधान समितिको नेतृत्व दिन नहुने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन विवाद समाधानका लागि आवश्यक समिति बनाउन मेक्सिको, दक्षिण अफ्रिकालगायतका मुलुकको मोडल उपयुक्त हुने सुझाव पनि दिनुभयो ।

पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त गुरुङले निर्वाचनमा विवाद आउन नदिने गरी कार्यविधि तय गर्न राजनीतिक दलहरुसँग आवश्यक परामर्श गर्न निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

त्यस अवसरमा उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगलाई आवश्यक स्रोत, साधनको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

प्रस्तावित निर्वाचन विवाद निरुपण कार्यविधिमा निर्वाचन विवाद समाधानका लागि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवाला निकायसँग आवश्यक परामर्श लिने प्रस्ताव पनि गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सो कार्यविधिमाथि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो ।

निर्वाचन आयोगले निर्वाचनमा हुने विवाद निरुपणका कार्यविधि तय गर्न सम्बन्धित पक्षहरुसँग छलफल सुरु गरेको हो । प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दल, विज्ञहरुसँग विस्तृत छलफल गरी सो कार्यविधिलाई टुंगोमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया