कर्मचारी समायाेजन फारम खुल्याे, सरकारी कर्मचारीले २१ दिनभित्र फारम भरिसक्नुपर्ने

 पुस ११, २०७५ बुधबार १५:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सरकारले समायोजन फारम भर्न आब्हान गर्दै सूचना जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सूचना जारी गर्दै समायोजन फारम भर्न आग्रह गरेको हो ।

समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ । सरकारी सेवाका कर्मचारीका लागि २१ दिन र संगठित संस्थाका स्थायी कर्मचारीका लागि १५ दिनभित्र फारम भरिसक्न सुचनामा आग्रह गरिएको छ । 

समायोजन डट जीओभी डट एनपी www.samayojan.gov.np मा गएर फारम भर्न सकिनेछ । मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउनेछन् । 

समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ ।  

सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै कर्मचारीले सच्याउनुपर्ने माग गर्दै आएका छन् ।
 

सरकारी सेवाका कर्मचारीहरुका लागि कर्मचारी समायाेजन सम्बन्धी सूचना - १

प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति/आयाेग/प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीहरुका लागि - कर्मचाारी समायाेजन सम्बन्धी सूचना - २

साविकमा जिल्ला विकास समितिकाे सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीहरुका लागि - कर्मचारी समायाेजन सम्बन्धी सूचना ३

साविकमा सरकारी सेवा नियुक्त भई हाल कार्यरत रहेका तर संघ, प्रदेश र स्थानीय तहकाे नयाँ संगठन संरचनामा दरबन्दी कायम नभएका पदका कर्मचारीहरुका लागि - कर्मचारी समायाेजन सम्बन्धी सूचना - ४

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया