निर्मला हत्याकाण्डमा प्रहरीको अनुसन्धान क्षमतामाथि नै प्रश्न चिन्ह उठ्यो: प्रचण्ड

 पुस ११, २०७५ बुधबार १७:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणले  सबैलाई गम्भीर बनाएको बताउनुभएको छ । 

बुधबारबाट सुरु भएको संघीय संसदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस घटनाले सरकार तथा प्रहरीको अनुसन्धान क्षमता र हैसियतमाथि नै कुनै न कुनै रुपले प्रश्न चिन्ह खडा गरेको पनि बताउनुभयो ।  

घटनाको अनुसन्धान गम्भीर रुपमा हुनु पर्यो भनेर आफूहरुले भन्दै आएको भन्दै उहाँले आफूले पटक पटक प्रधानमन्त्री र गृहमन्त्रालयसँग छलफल गरेको पनि बताउनुभयो ।

घटनाको अनुसन्धानमा प्रहरीबाट कहीँ न कहीँ ल्याप्सेस भएको भन्ने ठानेर नै सरकारले  गम्भीर भएर अनुसन्धानमा केन्द्रित गरेको पनि प्रचण्डले बताउनुभयो ।  

घटनाको अनुसन्धानलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्‍याएर अपराधीलाई जसरी पनि कठघरामा ल्याएरै छाड्ने बताउनुभयो । यस्तै केही घटनालाई लिएर नागरिकमा भ्रम छर्ने र निरास बनाउने काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

 नागरिकलाई निरास, भयभीत बनाउने, लौ अब बर्बाद भयो, केही पत्ता लाग्दैन भनेर प्रचार गर्नु पनि ठिक होइन भन्दै अध्यक्ष प्रचण्डले नागरिकको मनोaल र भावना गिर्ने गरी कसैले पनि काम गर्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया