बोको हरामको विद्युतीय  पासाेमा परेर १३ काे मृत्यु

 पुस १२, २०७५ बिहिबार ७:४६:२३ | एजेन्सी
unn.prixa.net

बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन् । 

मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ । 

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए । 

प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया