क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने

 पुस १२, २०७५ बिहिबार ८:११:३१ | एजेन्सी
unn.prixa.net

वैैज्ञानिकले क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने बताएका छन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले क्यान्सर भएको कुनै पनि ट्युमरको नमुना अध्ययन गर्न सकिने प्रविधि थ्रीडी मोडल बनाएको बीबीसीले जनाएको छ । 

यो मोडलको मद्दतले ट्युमरको नमुना विस्तृतमा सबै कोणबाट अध्ययन गर्न सकिने उनीहरुको दावी छ । वैज्ञानिकका अनुसार अब क्यान्सरको उपचारको नयाँ विधि पत्ता लगाउन सहज हुनेछ । उनीहरुले झण्डै एक लाख कोशिका भएको स्तन क्यान्सरको एक मिलिमिटर आकारलाई टुक्रा पारेर अध्ययन गरेका थिए । 

यसअघि कसैले पनि ट्यूमरको विस्तृत अध्ययन नगरेकाले यो जाँच नयाँ भएको वैज्ञानिकले बताएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया