नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
सप्तरी – अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको दुई दिने शैक्षिक हड्तालका कारण दोस्रो दिन पनि सप्तरीलगायत प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
अस्थायी शिक्षकको माँग प्रति ऐक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो ।
हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
संघका सचिव विश्वनाथ भदेसवार यादवले विभेदकारी परीक्षा लिई वर्षौँदेखी काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलन स्वरुप शैक्षिक हड्तालमा उत्रेको बताउनुभयो ।
शैक्षिक हड्तालका कारण प्रदेश २ अन्य ७ वटै जिल्लामा पनि विद्यालय बन्द भएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक सुरेशकुमार यादवले जानकारी दिनुभयो ।
शिक्षक सेवा आयोगको गएको असार २९ र ३० गते सम्पन्न आन्तरिक परीक्षामा सामेल भएकामध्ये असफल भएका शिक्षकहरुलाई पनि विस्थापित गर्न नपाइने भन्दै आन्दोलन सुरु भएको हो ।