इद उल फित्रमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

 असार २, २०७५ शनिबार ७:५६:४५ | उज्यालो सहकर्मी

काठमाडौं – इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनु भएको छ।

सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुलफित्र पर्वले नेपालीहरुबीच आपसी सद्भामव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।  

स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने इद उल फित्र पर्वको विशेष महत्व रहेको छ ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया