लाइटर खेलाउँदा गाेठ बल्याे, जलेर बालकको ज्यान गयो

 पुस १२, २०७५ बिहिबार १९:८:३० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ मा रहेकाे कोल्बोटेमा आगलागीमा परी एक बालकको ज्यान गएको छ ।

बिहीबार बिहान ९ बजे खेतमा रहेको परालको गोठमा आगलागी हुँदा स्थानीय राजु तामाङ्गका ४ वर्षिय छोरा सुमन तामाङ्गको घटनास्थलमै  मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका प्रमुख तथा डीएसपी ध्रुव कुमार श्रेष्ठले बताउनुभयो ।

खेतमा रहेको परालको गोठमा बच्चा आफैले झोलामा रहेको लाइटर खेलाउँदा आगो लागेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । आगलागी भएपछि बच्न गोठभित्र रहेको कम्बलमा पसेका बालकको आगोले जलेर मृत्यु भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

शवलाई कटारी अस्पतालमा पोस्टमार्टमको लागि लगिएको वडा नम्बर-८ का वडाध्यक्ष कमल श्रेष्ठ जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया