मण्डपमै गएर बेहुली कुट्नेविरुद्ध मुद्दा दर्ता

 पुस १२, २०७५ बिहिबार १९:२३:२९ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – बेहुलीलाई कुटपिट गर्ने युवाहरुको समूहलाई  प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

फेदाप गाउँपालिका–३, जलजलेकी बेहुली प्रतिक्षा सम्बाहाम्फेलाई कुटपिट गर्ने १० जना युवाहरुलाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण गौतमले बताउनुभयो । 

प्रहरीले विवाहमा गएर कुटपिट गर्ने स्थानीयवासी सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदिप लिम्बू, मन्दिप लिम्बू, राजेश लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू र सरोज लिम्बूलाई पक्राउ गरेको थियो । उनीहरुलाई सात दिनको म्याद थप गरी अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

विवाह भइरहेको ठाउँमा केही युवाको समूहले गएको सोमबार बेहुली र अन्य व्यक्तिहरुलाई कुटपिट गरेका थिए । कुटपिटबाट बेहुली  सम्बाहाम्फेसहित अन्य तीन जना घाइते भएका थिए । 

विवाह मण्डपमै बेहुली कुटिइन्, पाँचजना पक्राउ

 

अन्तिम अपडेट: चैत ८, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया