पुलमा ठोक्कियो एम्बुलेन्स, चालकको ज्यान गयो

 असार २, २०७५ शनिबार १०:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

पुलमा ठाेक्किएर दुर्घटनाग्रस्त एम्बुलेन्स

धनुषा – धनुषाको ढल्केवरमा पुलमा ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

दुर्घटनामा शहिद नगरपालिका –१, बलाबाखर बस्ने २२ वर्षीय सन्तोष राय ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक रायको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ढल्केवरको पूर्व बसही खोलाको  पुलमा पूर्वबाट पश्चिम आउँदै गरेको  ज १ च १२०५ नम्बरको दनुवार जागरण सेवा समितिको एम्बुलेन्स तीव्र गतिका कारण पुलको छेउमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया