पोखरामा सुरु भयो सडक महोत्सव

 पुस १३, २०७५ शुक्रबार १९:५४:२४ | सुमन गुरुङ

कास्की – पोखरामा आजदेखि २० औँ पोखरा सडक महोत्सव सुरु भएको छ  । सडकमै खाऔँ, सकडमै नाचाैँ, सडकमै रमाऔँ’ भन्ने नाराको साथ रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल रेवान पोखराको आयोजनामा भएको महोत्सव ५ दिनसम्म चल्नेछ । 

पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव सञ्चालन भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । लेकसाइडको हल्लनचोकबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले कोमागाने पार्क पुगेर औपचारिक रुपमा सुरु भएको हो । 

महोत्सव उद्घाटनपछि मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रकृतिले मात्रै नभै सांस्कृतिक रुपमा पनि धनी भएको बताउनुभयो । सडक महोत्सव नेपालकै महत्वपूर्ण महोत्सव बनिसकेको बताउँदै २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटक ल्याउन यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताउनुभयो । 

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया