दोस्रो विश्व युद्धका सबैभन्दा वृद्ध योद्धा रिचर्डको ११२ वर्षको उमेरमा निधन

 पुस १४, २०७५ शनिबार १०:१०:५१ | एजेन्सी
unn.prixa.net

अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति तथा द्वितीय विश्व युद्धका सबैभन्दा वृद्ध योद्धाका रुपमा परिचित रिर्चर्ड ओवर्टनको ११२ वर्षको उमेरमा निधन भएको छ ।

ओवर्टनको शुक्रबार अमेरिकाको टेक्सासमा निधन भएको हो । दोस्रो विश्वयुद्धको समयमा उनले प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन तथा समुद्री तटमा अवतरण गराउनेजस्त काममा सहभागी भएका थिए । 

उनलाई सन् २०१३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेट्रान डेमा सम्मानित पनि गरेका थिए । 

ओवर्टन आफ्नो लामो आयुको श्रेय भगवानलाई दिन्थे । साथै उनले आफू लामो समय बाँच्नुमा सिगार र रक्सीको पनि भूमिका रहेको बताउँथे । 

एक स्थानीय टेलिभिजनसँगको कुराकानीमा उनले भनेका थिए, ‘मैले १८ वर्षको उमेरदेखि सिगार खाँदै आइरहेको छु । अहिले पनि म दैनिक १२ वटा सिगार पिउँछु ।’

ओवर्टनको जन्म सन् १९०६ मा भएको थियो । उनले आफ्नो जीवनको अधिकांश समय अस्टिनमै बिताए । गएको वर्ष उनको १११औँ जन्मदिनको अवसरमा अस्टिन सिटी काउन्लि स्ट्रीटको नाम परिवर्तन गरेर रिर्चड ओवर्टन एभेन्यू राखिएको थियो । जहाँ उनले ७० वर्षभन्दा बढी समय बिताएका थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया