फ्रान्सविरुद्ध अष्ट्रेलिया : एकातिर स्टारै स्टार अर्कातिर मूय र केहिल

 असार २, २०७५ शनिबार १४:३१:३८ | उज्यालो सहकर्मी

अष्ट्रेलियाका भेट्रान स्ट्राइकर टिम केहिल फ्रान्सविरुद्धको सुरुवाती खेलसँगै विश्वकपमा अर्को इतिहास कायम गर्न चाहन्छन् । र, त्यसका लागि उनी तयार छन् ।

यस विश्वकपमा गोल गर्न सकेको अवस्थामा उनी लगातार चार विश्वकपमा गोल गर्ने पाँचौं खेलाडी हुनेछन् । यसअघि ब्रजिलका सर्वकालीन महान खेलाडी पेले,  जर्मनीका मिरोस्लाभ क्लोस, उवे सीलर र पोर्चुगलका क्रिश्टियानो रोनाल्डोले मात्रै लगातार चार विश्वकपमा गोल गर्न सकेका छन् ।

विश्वस्तरमा अघि बढिरहेको अष्ट्रेलियाली फुटबल टिम केहिलको प्रेरणामा छ । तर, केहिलले यो विश्वकप नै आफ्नो करिअरको अन्तिम प्रतियोगिता हुने घोषणा गरिसकेका छन् ।

शनिबार फ्रान्सविरुद्ध हुने विश्वकपको समूह सीको पहिलो खेलअघिको पत्रकार सम्मेलनमा अष्ट्रेलियाली टोलीका कप्तानसमेत रहेका केहिलले भने, ‘विश्वकप भनेको ड्रेस रिहर्सल होइन, यो ठूलो नृत्य हो । यो यस्तो ठाउँ हो जहाँ तपाईंले एक कदम अघि रहेर खेल्नुपर्छ ।’

पेले, क्लोज र सीलरको दर्जामा पुग्ने सम्भावनाबारे उनले भने, ‘म यो स्तरमा पुग्नका लागि धेरै संघर्ष गरेको थिएँ । प्लेइङ सेटमा पर्न अझ धेरै गरेँ र गोल गर्न त्यो भन्दा पनि धेरै संघर्ष गरेँ । र, ती नामहरुको सूचिमा पुग्नु भनेको अमुूल्य हुन्छ, जुन म कल्पना मात्र गर्न सक्छु ।’

एकातर्फ केहिल आफ्नो करिअरको उत्तरार्धतिर हुँदा रुसका काजान एरिनामा फ्रान्सेली टोलीमा विश्वस्तरीय युवा खेलाडीको जमघट हुनेछ । जसको नेतृत्व किलियान एमबाप्पे र ओसमान डेम्बेलेले गर्नेछन् ।

डिडियर डेसच्याम्पको नेतृत्वमा फ्रान्सेली फुटबलले क्रम्शः प्रगति गर्दैछ । दुई वर्षअघि युरो कप फाइनलमा घरेलु मैदानमा पराजित भएको फ्रान्सले रुसमा अपेक्षाकृत प्रदर्शन गर्न नसके सन् २०२२ मा गर्नेछ ।

तर, फ्रान्सेली फुटबल संघका अध्यक्ष नोयल ली ग्रेटले एक नयाँ र उत्साहित टोलीलाई हौसला प्रदान गरेका छन् । जो अघिल्लो जेनेरेसनले हासिल गर्न नसकेको सफलताप्रतिको झुकाव हुनेछ ।

‘जब हामीसँगको युवा खेलाडीको सङ्ख्या हेर्नुहुन्छ तब फ्रान्स एक उत्कृष्ट टिम रहेकोमा शंका हुँदैन ।’ अध्यक्ष ग्रेटले भने, र, जब तपाईं मिडियासँगको कुराकानीमा एम्बाप्पेको जवाफमा अतुलनीय परिपक्वता देख्नुहुन्छ यो असाधारण छ ।’

‘जब खेलाडी राष्ट्रिय टोलीमा हुन्छ उ अनुकरणीय तरिकाले व्यवहार गर्छ । परिवर्तन स्पष्ट देखिएको छ किनभने डेसच्याम्पले परिस्थितिलाई अनुकरणीय बनाउन निकै प्रयास गरेका छन् ।’
एमबाप्पे चोटका कारण मंगलबारको प्रशिक्षण सत्रमा उपस्थित थिएनन् । तर, २४ घण्टाको समयमा उनले आफूलाई शतप्रतिशत फिट बनाएका छन् । र उनी आजको खेलमा प्लेइङ सेटमा रहने अपेक्षा गरिएको छ ।

प्लेयर्स टू वाच
एन्टोइन ग्रिजम्यान, फ्रान्स

एट्लेटिको मड्रिडका स्टार आगामी सिजन बार्सिलोना जाने चर्चा चलिरहेको छ । यद्यपी पारिवारिक दवावका कारण उनी बार्सिलोना नजाने कुराहरु पनि आएका छन् । तर, आफ्नो ट्रान्सफरको कुरामा भन्दा पनि ग्रिजम्यान अहिले फ्रान्सेली टिमको राम्रो प्रदर्शनमा केन्द्रित हुनेछन् ।

फ्रान्सलाई सन् २०१६ को युरोमा फाइनलसम्म पुर्याउने ग्रिजम्यान यस सिजन पनि निक्कै राम्रो लयमा छन् । उनकै प्रेरणामा एट्लेटिकोले यस सिजन युरोपा लिग जितेको थियो ।

मार्सेलीविरुद्धको फाइनलमा उनले ३ गोल गरेका थिए । काउन्टर एट्याकमा उनको क्षमता अतुलनीय छ र फ्रान्सले उनीबाट त्यस्तै अपेक्षा पनि गरेको छ ।

सन् २०१४ मा फ्रान्सेली टोलीमा डेब्यू गरेयता उनले ५४ खेलमा २० गोल गरेका छन् । सन् २०१४ को विश्वकपका ५ खेलमा उनले गोल गर्न सकेका थिएनन् । रुसमा गोल गरी उनी विश्वकपमा गोलको खाता खोल्न चाहन्छन् ।

टिम केहिल, अष्ट्रेलिया

अष्ट्रेलियाली टोलीका मुख्य हतियार टिम केहिल नै हुन सक्छन् । तर, हर्डर्स्फिल्ड टाउनका मिडफिल्डर अाराेन मूय राष्ट्रिय टोलीबाट विपक्षीका लागि खतरनाक बन्न सक्छन् । २७ वर्षीय मूयले हडर्स्फिल्ड टाउनलाई प्रिमियर लिगको रेलिगेसनबाट जोगाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राष्ट्रिय टोलीबाट सन् २०१२ मा डेब्यू गरेयता उनले ३४ खेलमा ५ गोल गरेका छन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया