सुदूरपश्चिम पहाडमा चिसोका कारण वृद्ध वृद्धा र बालबालिका प्रभावित

 पुस १४, २०७५ शनिबार १४:२२:५० | विमल बिष्ट

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा एक्कासी चिसो बढेको छ । यहाँका पहाडी जिल्लाहरु दाुर्चला, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको हो । 

बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारणहरुको दैनिक क्रियाकलापमा समेत समस्या उत्पन्न भएको दिपायलका स्थानिय दिब्य पाठकले बताउनु भयो । 

उहाँका अनुसार चिसो बढेसँगै दैनिक ज्याला मजदूरी गरेर जीवन यापन गर्नेहरु लगायत सर्वसाधारणहरुको जनजीवन प्रभाबित बन्दै गएको छ । 
चिसोका कारण बढी जसो यस क्षेत्रका बालबालिका तथा वृद्ध वृद्धालाई समस्या परेको छ । चिसोले हुने संक्रमण समेत बढ्न थालेको अधिकांश चिकित्सकहरुको भनाइ छ । 

चिसो बढेका कारण वृद्ध वृद्धा तथा बालबालिकामा निमोनिया, रुघाखोकी लगायत विभिन्न संक्रमणहरु देखिन थालेपछि यहाँका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको शैलेस्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर राजेश बाहुँनले बताउनु भयो । 

चिसोबाट बच्न न्यानो लुगा कपडा लगाउनुका साथै तातो झोलिलो पदार्थ बढी मात्रामा सेवन गर्नुपर्ने डाक्टर बाहुँनकोे सल्लाह छ । उहाँले भन्नुभयो, ‘चिसोले सबैभन्दा बढी बच्चा तथा वृद्ध वृद्धाहरुलाई समस्या गर्ने भएकाले उहाँहरुको ख्याल गर्नु जरुरी हुन्छ ।’ 

त्यस्तै यहाँका उच्च हिमाली जिल्लाहरुमा पानी सँगै हिमपात भएपछि कृषकहरु भने हिउँदेबाली सप्रिने आसमा खुशी भएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया