औरहीका बेचु महतोको हत्यामा संलग्न थप दुईजना सार्वजनिक

 पुस १५, २०७५ आइतबार १९:४६:५० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरी औरही नगरपालिका २ का बेचु महतोको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आयोजित पत्रकार सम्मेलनमा औरही नगरपालिका-२, का २४ वर्षीय वौका भनिने मंजित सदा र त्यसै ठाउँका २५ वर्षीय सुनिल सदालाई हत्याको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको हो ।

घटनालगत्तै लुकीछिपि बस्दै आएका उनीहरुलाई गौशाला नगरपालिका-२ निगौलमा रहेकाे आरविआर ईंटा भट्टाबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन दिनको म्याद लिई थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडकाले जानकारी दिनुभयो ।

गएकाे मंसिर २५ गते राति औरही नगरपालिका-२ का वेचु महतोकाे शव स्थानीय राजाराम ठाकुरको उखुबारीमा फेला परेको थियो ।

 स्थानीय जितनीदेवी महतो र सुशिल सहनीलाई आपतिजनक  अवस्थामा फेला पारेको भन्दै घटना सार्वजानिक हुने डरले महतोको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया