फ्रान्सविरुद्ध अष्ट्रेलिया : पहिलाे हाफ गाेलरहित बराबरी

 असार २, २०७५ शनिबार १६:५३:२० | उज्यालो सहकर्मी

विश्वकप फुटबल अन्तर्गत अहिले भइरहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेलको नतीजा मध्यान्तर हुँदासम्म गोलरहित बराबरी छ ।

स्टार खेलाडीहरुले भरपूर फ्रान्सले अष्ट्रेलियालाई अपेक्षित दवावमा राख्न सकेन । बल नियन्त्रणका हिसाबले फ्रान्स केही माथि रह्यो ।

अष्ट्रेलियाको बल नियन्त्रण ४८ प्रतिशत रह्याे भने फ्रान्सको ५२ प्रतिशत रह्याे ।

पहिलो हाफमा फ्रान्सले ४ पटक गोलको प्रयास गर्यो भने अष्ट्रेलियाको तर्फबाट १ पटक पनि गोल पोष्टमा प्रहार हुन सकेन ।

फ्रान्सले ३ कर्नर किक प्राप्त गर्यो भने अष्ट्रेलियाले एकपटक मात्र कर्नर किक प्रहार गर्ने अवसर पायो ।

त्यसैगरी फ्रान्सले कुनै कार्ड पाएन भने अष्ट्रेलियाका म्याथ्यु लेकीले १३ औं मिनेटमा पहेंलो कार्ड पाए । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया