सरकारी जग्गामा मन्दिर बनाउन खाेजेपछि नगरपालिकाले डोजर चलायो

 पुस १६, २०७५ सोमबार १९:५७:५४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गौशाला नगरपालिकाको जग्गा अतिक्रमण गरी व्यक्तिगत रुपमा मन्दिर निर्माण गर्न खाजेपछि नगरपालिकाले निर्माणाधिन मूर्तिलाई हटाइदिएको छ ।

सोमबार दिउँसो गौशाला नगरपालिका ४ बिर्तास्थित नगरपालिकाले जग्गा भवनको लागि खरिद गरेको जग्गामा स्थानीय लालेन्द्र साहले हनुमानको मूर्ति र त्यहाँ रहेको फुसको घरलाई पक्की घर बनाउन खोजेपछि नगरपालिकाले डोजर लगाएर फुसको घर र मूर्ति हटाएको हो ।

यसभन्दा अगाडि पनि बारम्बार मौखिक तथा लिखित रुपमा त्यहाँबाट मूर्ति र घर हटाउन भनेता पनि ललेन्द्र साहले हट्न नमानेर अतिक्रमण गर्न खोजेपछि डोजर लगाउनुपरेको गौशाला नगरपालिका ४ का वडाअध्यक्ष रामबाबु साहले जानकारी दिनुभयो ।

नगरपालिकाले त्यस स्थानमा कार्यपालिकाको भवन निर्माण गर्नका तयारी गरेको अवस्थामा रहेको सन्दर्भमा बारम्बार त्यस स्थानबाट जग्गा खाली गर्नका लागि गरिएको अनुरोधलाई अटेरी गरेपछि हटाइएको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । नगरपालिकाले आउँदो माघ १ गते भवन निर्माणको शिलान्यास गर्ने नगरप्रमुख महतोले जनाउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया