मेस्सी पेनाल्टीमा चुके, गुम्यो अर्जेण्टिनाको मौका

 असार २, २०७५ शनिबार २०:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलमा आइसल्याण्डसँग खेलिरहेको अर्जेण्टिनाका कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

खेलको ६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेण्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए ।

उनको फितलो प्रहार आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया