पार्टी एकतालाई सुदृढ र सरकारलाई सफल बनाउन नेकपाका दुवै अध्यक्षको निर्देशन

 असार २, २०७५ शनिबार २०:२२:३६ | उज्यालो सहकर्मी

काठमाडाैं - नेकपाका अध्यक्षद्वयले पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिनुभएको हो ।

बैठकमा पार्टी एकतापछिको अहिलेसम्मको सांगठनिक एकिकरण, राजनीतिक परिस्थिति र सरकारको काम बारे बैठकमा समिक्षा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टी एकीकरण अद्धितीय, असाधारण तथा विशिष्ठ रहेको भन्दै सांगठनिक संरचनालाई मजबुत बनाउँदै सरकारको कामलाई प्रभावकारी र परिणममुखी बनाउन मद्दत पुर्याउने निर्णय गरेको पनि प्रवक्ता प्रकाशले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको नियमावलीको बारेमा १० दिनभित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई त्यसै आधारमा सचिवालय बैठकले नियमावलीलाई स्थायी समितिमा पेस गर्ने निर्णय पनि भएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया