नाइजेरियाको उपहार गोलबाट क्रोएसियाकाे विजयी सुरुवात

 असार ३, २०७५ आइतबार ६:३०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ ।

कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो ।

३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरे । नाइजेरियाले क्रोएसियालाई खेलभरी नै दबाब दिएको थियो ।

हाफटाइम अघि एलेक्स इओबीको प्रहार डिफेन्डर डेजान लोब्रेनले जोगाएका थिए । अर्को एउटा राम्रो अवसरमा ब्राइन इडोउले चुक्न पुगे ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया