अन्तर्राष्ट्रिय बजारमा बिक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

 पुस १८, २०७५ बुधबार १८:४:३६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्तर्राष्ट्रिय शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार बेनीमा म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतमा शिक्षा लिने र दिने सवालमा त्रुटिहरु भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालले प्रतिस्पर्धा गर्न नसकेको बताउँदै अब विकसित देशको शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्ने गरी शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले आज हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताउँदै विकसित मुलुकका विश्वविद्यालयबाट उत्पादित जनशक्तिहरुसँग प्रतिस्पर्धा गर्नसक्ने खालको शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षामा समस्या रहेकाले विगतमा उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा बिकाउ हुन नसकेको बताउनुभएको छ । उहाँले अबको शिक्षा गुणस्तरीय, प्राविधिक तथा व्यावसायिक हुनुपर्ने भन्दै आधुनिक प्रविधिको प्रयोग गरेर व्यवहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया