चुरे संरक्षण कार्यक्रमलाई प्रदेशको मातहतमा ल्याउन माग

 असार ३, २०७५ आइतबार ७:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमलाई अब प्रदेशको मातहतमा ल्याई संचालन गर्नु पर्नेमा प्रदेश नं. ५ का मुख्यमंत्री शंकर पोखरेलले माग गर्नुभएको छ ।

राष्ट्पति चुरे तराई मधेश संरक्षण समितिको आयोजनामा कपिलवस्तुको वाणगंगा नगरपालिकाको वाणगंगा नदी तटमा आयोजित चौथो चुरे दिवस समारोहलाई सम्वोधन गर्दै मुख्य मंत्री पोखरेलले चुरे संरक्षणको कार्य स्थानीय तहमा हुने र त्यसको अगुवाई स्थानीय तहको सहभागितामा प्रदेश सरकारले गर्नु पर्नेमा जोड दिनु भएको छ ।

यही अवसरमा वन तथा वातावरण मंत्रालयका सचिव डा. विश्वनाथ ओलीले वन वातावरण संरक्षण र विकासको मुद्धालाई सँगसँगै अघि बढाउन सके मात्रै दिगो विकासको परिकल्पना गर्न सकिने बताउनुभयो ।

प्रदेश सभा सदस्यहरु विष्णु पंथी र रामजीप्रसाद घिमिरेले चुरे संरक्षणका लागि स्थानीय समुदायसंगको सहकार्यमा प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रमका साथ आउँदो आर्थिक वर्षमा कार्यक्रमहरु संचालन गर्ने बताए। कार्यक्रममा वाणगंगा नदीको माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रका जनप्रतिनिधि, चुरे संरक्षणकर्मी र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया